कैलाली । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पिसीआर प्रविधिमार्फत परीक्षणका लागि अहिलेसम्म झण्डै दुई हजार चार सय बढीको नमूना संकलन भएको छ ।
प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा दुई महिनाको अवधिमा २ हजार ५ सय ९१ जनाको नमूना संकलन भएको हो ।
प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन् ।
केन्द्रका अनुसार अहिलेसम्म ७ सय ५६ जनाको रिपोर्ट आएकोमा ५ जना बाहेक ७ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
अझै १ हजार ६ सय ३५ जनाको रिपोर्ट आउन बाँकी छ । संघीय सरकारले धनगढीमा दुई वटा परीक्षण प्रयोगशाला स्थापना गरेपछि अहिले प्रयोगशालामार्फत हुने परीक्षणले तिव्रता पाएको छ ।








प्रतिक्रिया दिनुहोस्