
काठमाडौं । इटालीयन सिरी ए सहितका फुटबल लिग पुन सुरुवातका लागि खेलाडीहरुको स्वास्थ्य परीक्षण हुने भएको छ ।
कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिएपछि स्थगित भएको लिग पुन सुचारु गर्नुअघि खेलाडीहरुको स्वाब परीक्षण गरिने इटालियन फुटबल फेडेरेशनले जनाएको छ ।
गएको मार्च ९ देखि इटालियन सिरी ए फुटबल कोरोना भाइरस महामारीका कारण रोकिएको छ ।
अझै पनि खेल कहिले पुनः सुरु हुनेछ भन्ने यकिन भएको छैन । इटालियन सिरी ए मा झै १२ चरणका खेल हुन बाँकी छन् ।
फेडेरेशनका अध्यक्ष गाब्रिएल ग्राविनाले अवस्था सामान्य भए लगत्तै लिग पूरा गर्ने बताएका छन् ।
सबै खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको परीक्षण मे को सुरुमा हुने आश रहेको उनले बताए । त्यसपछि लिग सुरु गर्न सजिलो हुने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्