१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


रौतहटमा एक जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो


0
Shares

काठमाडौं, बैशाख १ । नेपालमा कोभिड –१९ को  सङ्क्रमण थप दुई जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित  भएको पाइएको छ । उनीहरु दुवै  भारतबाट आएको जनाइएको छ ।

उनले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिए । सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न ।

ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र  काठमाडौँमा दुईदुई तथा  रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् । रासस