लमजुङ, वैशाख १ । लमजुङमा विदेशबाट फर्किएकाहरुले अटेरी गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।
कोरोना संक्रमणको आशंकामा स्थानीय तहले विदेशबाट आएकालाई ‘क्वारेन्टाइन’मा राख्न खोजेपनि अटेरी गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।
स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भने प्रायः खाली देखिएका छन् ।
लमजुङका ८ स्थानीय तहले ९४९ बेड क्षमताका क्वारेन्टाइन बनाएका छन् । तर, क्वारेन्टाइनमा बस्नेको संख्या ३० जनामात्र रहेको छ ।








प्रतिक्रिया दिनुहोस्