Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


गुल्मीमा एउटा पालिकाबाट अर्कोमा जान पूर्ण रोक


0
Shares

गुल्मी, वैशाख १ । गुल्मीमा एउटा स्थानीय तहबाट अर्कोमा जान पूर्णरुपमा रोक लगाइएको छ ।

१२ स्थानीय तह रहेको गुल्मीम स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पनि वैशाख ३ गतेसम्म जारी रहेको छ ।

कतिपय स्थानीय तहहरुले आफ्नो क्षेत्रमा छिर्न नदिन बाटोमा तगारोसमेत राखेका छन् ।

स्थानीय तहमा प्रवेश गर्न खोज्नेहरुलाई निगरानी गरी ‘क्वारेन्टाइन’मा राखेको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।

‘लकडाउन’ सुरु भएसँगै जिल्लामा प्रवेश गरेका १७ सय ४२ जनामध्ये ५५ जनामात्र क्वारेन्टाइनमा बसेका छन् ।

गुल्मीमा एक हजार ४८ ओटा क्वारेन्टाइन तथा २५ ओटा ‘आइसोलेसन’ तयार गरिएको छ ।