२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


मृत अवस्थामा युवक फेला


0
Shares

राजविराज, बैशाख १ । सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ ।

करिब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए । रासस