रौतहटको गुजरा नगरपालिकाको प्रमुखमा जसपा, उपप्रमुखमा कांग्रेस विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


रौतहटको गुजरा नगरपालिकाको प्रमुखमा जसपा, उपप्रमुखमा कांग्रेस विजयी


364
Shares

रौतहट । रौतहटको एक पालिकामा जनता समाजबादी पार्टी नेपाल (जसपा) ले पहिलोपल्ट खाता खोलेको छ । रौतहटको गुजरा नगरपालिकामा जसपाका तर्फबाट नगरप्रमुखका उम्मेदबार सन्तलाल प्रसाद चौधरीले ५ हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा नेपाली कांग्रेसका रत्न लामाले ६ हजार १० मत प्राप्त गरी विजयी हुनु भएको छ ।

नगरप्रमुखमा चौधरीको निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजबादीका केशब रायले ४ हजार ७९९ मत प्राप्त गर्नु भएको छ भने उपप्रमुखमा नेकपा एमालेकी रानी कुमारी चौधरीले ४ हजार १८१ मत पाउनु भएको छ ।

यस्तै वडानम्बर १ मा नेकपा एमालेका रामजीत चौधरी, वडानम्बर २ मा नेकपा माओवादीका अशोक कुमार खाँ थारु, वडानम्बर ३ मा नेकपा एमालेका गजेन्द्र कुमार चौधरी, वडानम्बर ४ मा नेकपा एमालेका झमक प्रसाद चौलागाई, वडानम्बर ५ मा स्वतन्त्रका शेष जमालुदिन, वडानम्बर ६ मा नेपाली कांग्रेसका शेष अब्दुल सलाम, वडानम्बर ७ मा नेपाली कांग्रेसका शेष अब्दुलका, वडानम्बर ८ मा नेकपा एकिकृत समाजबादीका मोतिन मिया मन्सुरी, वडानम्बर ९ मा जनता समाजबादी पार्टीका प्रेम चौधरी निर्बाचित हुनु भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।