२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


इलाममा स्कुलबस दुर्घटना, १४ विद्यार्थी घाइते


0
Shares

इलाम, साउन २८ । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन् ।

मेची राजमार्गको बागखोरमा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा आज बिहान बस दुर्घटना भएको हो ।

राँके बजारबाट विद्यार्थी बोकेर रक्से आउँदै गरेको आशादीप बोर्डिङ स्कुलको मे१ख १९५५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  

बस सडकबाट करिब २० मिटर तल खसेको बताइएको छ । घाइते १४ जनामध्ये ११ जनाको इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापातर्फ लगिएको छ । 

चालकलाई स्थानीय रक्से प्रहरी चौकीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।