Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


सुदूरपश्चिम प्रदेश सांसदले कोषमा १५ दिनको तलब जम्मा


0
Shares

धनगढी, चैत ३० । सुदूरपश्चिम प्रदेशका सांसदहरुले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा १५ दिनको तलब कट्टा गरी जम्मा गरेका छन् ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सांसदहरुले ८ लाख ४९ हजार ७ सय ५० रुपैया जम्मा गरेका छन् । नेपाली कांग्रेसका सांसदहरुले २ लाख ८३ हजार रुपैया र राजपाका सांसदहरुले ५६ हजार ५ सय रुपैया उक्त कोषमा जम्मा गरेको नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए ।