१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सप्तरीमा र्‍यापिड परिक्षण शुरु


0
Shares

सप्तरी, चैत ३० । सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट किटबाट कोरोना भाइरसको संक्रमण परीक्षण आइबारदेखि सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कीट पठाएपछि राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण शुरु गरिएको हो ।

आइतबार अस्पतालमा दुई जना र साईकृष्ण मेडिकलको भवनमा रहेको क्वारेन्टाइनमा दुई जना गरी चार जनाको परीक्षण गरिएको छ ।

चारै जनाको परीक्षण गर्दा निगेटिभ पाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।