२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


बाग्लुङमा थप एक महिलामा देखियो कोरोना पोजेटिभ, पुनः स्वाब परीक्षण गरिने


0
Shares

बाग्लुङ, चैत ३० । बागलुङमा एक महिलामा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गर्दा पोजेटिभ नतिजा देखिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा वडा नम्बर ६ बिहुँ इनारपानीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टिकासंगम बिकले जानकारी दिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि महिलालाई गाउँपालिकाकै क्वारेन्टाईनमा राखिएको छ । उनी केहि साता अघि मात्र गाउँका अन्यसँग मिलेर भारतको तिर्थयात्रा गएर फर्किएकी थिइन् ।

महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा या काठमाण्डौ पठाउने तयारी भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए ।

जिल्लामाम थालिएको कोरोनो भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट)मा ८ सय ६५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।