३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कोरोना कोषमा पूर्वराजाबाट दुई करोड रुपैयाँ जम्मा


0
Shares

काठमाडौं, चैत ३० । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषले दुई करोड रुपैयाँ जम्मा गरेको छ ।

कोषले पूर्व राजा ज्ञानेन्द्र शाहबाट उपलब्ध दुई करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गरेको उपचार कोषमा आज हस्तान्तरण गरेको हो ।

हिमानी कोषका कर्मचारीहरु मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझ्नु भएको हो ।

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोरोना भाइरसको महामारीबाट नेपालीलाई बचाउन सो रकमको सही सदुपयोग होस् भन्ने चाहना पूर्वराजाको रहेको जनाएको छ ।

यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

कोषमा गत शुक्रबारसम्म एक अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय ८० रुपैयाँ संकलन भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।