Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सिन्धुलीमा ९८ प्रतिशत रोपाइँ सम्पन्न


0
Shares

सिन्धुली । सिन्धुलीमा यस वर्ष धानको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् ।

विगतका वर्षको तुलनामा यसवर्ष लगातार पानी परेका कारण समयमै रोपाइँ गरिँदा धान उत्पादनमा वृद्धि हुने आशा किसानले गरेका हुन् ।

सिन्धुलीका मरिण, कमला र चदाहा लगायतका क्षेत्रमा रोपाइँ सकिइसकेको छ ।

यस वर्ष सिन्धुलीमा धानखेती योग्य जमिनको कूल ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

सिन्धुली जिल्लामा यसवर्ष १५ हजार २ सय ४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

जिल्लामा ९४ हजार मट्रिक टन धान उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।