१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी


78
Shares

बाँके । जिल्लाकाे जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव तथा बैजनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश बहादुर शाही उपाध्यक्षमा निर्मला रोकाय निर्वाचित भएका हुन् ।

जानकीमा खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १ हजार ८५८ मतको अन्तरले पराजित गर्नुभयाे । उहाँले ६ हजार ६५३ मत प्राप्त गर्नुभयाे । यादवले ४ हजार ७९५ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै उपाध्यक्षमा रामप्यारीले नेकपा एमालेकी भुमिसरा धिताललाई दोब्बर बढी ३ हजार ४५३ मतको अन्तरले पराजित गर्नुभयाे । रामप्यारीले ६ हजार ९०९ मत प्राप्त गर्दा धितालले ३ हजार ४५६ मत प्राप्त गर्नुभयाे ।

यसैगरी बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाशबहादुर शाही १ हजार ७९८ मतको अन्तरले विजयी हुनुभयाे ।शाहीले १२ हजार १ सय ८० मत प्राप्त गर्नुभयाे । शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घननाथ खनालले १० हजार ३ सय ८२ मत प्राप्त गर्नुभयाे ।

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी निर्मला रोकाय १ हजार ४ सय १९ मतको अन्तरले विजयी हुनुभयाे । निर्मलाले १२ हजार १ सय ५२ मत प्राप्त गर्दा उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी प्रेमपूर्ण योगीले १० हजार ७ सय ३३ मत ल्याउनुभयाे ।

यसअघि २०७४ मा दुवै पालिका नेकपा एमालेले जितेको थियो । आठवटा पालिका रहेको बाँकेमा सातवटा पालिकाको नतिजा आइसकेको छ भने कोहलपुर नगरपालिकाको मतगणना जारी छ । त्यहाँ पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।