१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


एनसेलले गर्‍यो कर चुक्ता


13
Shares

काठमाडौं, चैत ३० । निजी दूरसञ्चार कम्पनी एनसेलले सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ ।

एनसेलले आइतबार ठूला करदाता कार्यालयमा अन्तिम किस्ताबापतको १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर स्वरुप तिरेको हो ।

ठूला करदाता कार्यालयका प्रमुख सहसचिव झलकराम अधिकारीले एनसेलले रकम भुक्तानी गरेको पुष्टि गरे । यसअघि चत १८ गते एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको थियो ।

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो ।

यस अनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो ।