३० असार २०८२, सोमबार | Tue Jul 15 2025


विभिन्न मागसहित यातायात मजदुर संघद्वारा सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौ । नेपाल यातायात मजदुर संघले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा सरकारले राहत घोषणा गरेपनि यातायात मजदुरहरु देशका विभिन्न बसपार्कहरुमा फसिरहेकोले खानाको व्यवस्था गर्नुपर्ने, आपूर्ति, पेट्रोल ट्याङकर तथा सरसफाइ पनि अत्यावश्यक क्षेत्र भित्रैपर्ने र लकडाउनको अवस्थामा पनि स्वास्थ्यकर्मीहरु जस्तै सेवारत रहेकोले यस क्षेत्रमा पनि सरकारले घोषणा गरेको २५ लाख बिमा र पिपिईको उपलब्ध हुनुपर्ने माग गरेका छन् ।

यसैगरी यातायात,पर्यटन,सफाई र हवाई यातायात श्रमिकहरुलाई संघको परिचयपत्रबाटै राहत लिन वडा कार्यालयहरुमा सहज बनाउनु पर्ने, स्वरोजगार यातायातकर्मीहरुले लगानी गरिएको सवारी साधनमा लकडाउन अवधी भरको व्याज छुट गर्नु पर्ने,यातायात श्रमिकहरुले खाईपाई आएको सुविधा यथावत हुनु पर्ने,दैनिक उपभोग्य वस्तुहरु सहज र व्यवस्थित गर्नु पर्ने,भाईरसबाट श्रमिक र आमनागरिकलाई सुरक्षित राख्न विशेष ध्यान दिनु पर्ने र वैदेशिक रोजगारमा रहेका यातायात श्रमिकहरुको सुरक्षाकोलागी सम्बन्धित देशमा कुटनैतिक पहल गर्नु पर्ने उल्लेख छन् ।