Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोनाका नयाँ शंकास्पद बिरामी घटे


0
Shares

विराटनगर । प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ ।

१४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिन यता बिरामी थपिएका छैनन् ।

हाल आइसोलेसनमा बस्ने बिरामीको संख्या १० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

१४ वटै जिल्लाका ४८ अस्पतालमा ४ सय ३२ शैयाको आइसोलेसन वार्ड र ४ वटा अस्पतालमा ४४ शैयाको आईसियू वार्ड तयार गरिएको छ ।

यसैबीच प्रदेश १ मा कोरोना भाइरसको शंकास्पद बिरामीको स्वाबको नमुना संकलनमा वृद्धि भएको छ ।

शनिबारसम्म ३५ महिला र १ सय ४५ पुरुष गरी १ सय ८० जना शंकास्पद संक्रमितको नमुना संकलन गरिएको छ । १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ मा शुक्रबारबाट कोसी अस्पतालमा समेत स्वाबको नमुना परीक्षण सुरु गरिएको छ भने क्वारेन्टाइनहरुमा र्‍यापिड टेस्ट थालिएको छ ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाबको नमूना परीक्षण हुने गरेको थियो ।