९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


कैलालीको जोशीपुरमा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी


156
Shares

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी विजयी हुनुभएको छ ।

उहाँले ४ हजार ९ सय ३ मत प्राप्त गरेर जोशीपुर गाउँपालिकाकाे विजयी हुनुभएकाे हाे । उहाँले १ हजार ५ सय ३५ मतान्तरले नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार वङ्शराम बडायकलाई पराजित गर्नुभएकाे छ । वङ्शराम बडायकले ३ हजार ३ सय ६८ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे।

त्यस्तै, साेही गाउँपालिकाकाे उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी हुनुभएकाे छ । उहाँले ४ हजार ५ सय ८१ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे ।

उहाँका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका दिर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।