Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


मुसहर र दलित समुदायले राहत पाएनन्


0
Shares

रौतहट, चैत २९ । रौतहटको चन्द्रपुर नगरपालिकाको मुसहर बस्ती र बेतौनाका दलित समुदायले राहत पाउन सकेका छैनन् ।

राहत वितरणको मापदण्डमा नपर्ने भन्दै वडा कार्यालयले उनीहरुलाई राहत वितरण नगरेको हो ।

वडा कार्यालयले मतदाता परिचयपत्र वा बसाइँसराइको परिचयपत्र मागेर राहत नदिएको उनीहरुको आरोप छ ।

असंगठित क्षेत्रमा काम गर्ने उनीहरुले कोरोनाबाट भन्दा पनि खान नपाएर ज्यान जाने त्रास बढेको बताएका छन् ।

चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले भने मन्त्रालयको परिपत्रअनुसार तोकिएको मापदण्डअनुरुप राहत सामग्री वितरण गरिने जानकारी दिएका छन् ।