३० असार २०८२, सोमबार | Tue Jul 15 2025


ग्यास बुलेटहरु ग्यास खन्याउन नपाइ थन्किए


0
Shares

धादिङ, चैत २९ । खाना पकाउने ग्यासका सिलिन्डरहरु ‘रिफिल’ गर्ने स्थानमा पुर्‍याउन नपाउँदा धादिङमा ग्यासका बुलेट ट्यांकहरु ग्याससहित थन्किएका छन् ।

ग्यासको आयात नियमित भइरहेको र ग्यास रिफिल कम्पनीसँग सिलिन्डर नहुँदा धादिङमा रहेका विभिन्न ग्यास कम्पनीका दर्जनौं बुलेट ग्यास ‘अपलोड’ गर्न नपाइ थन्किएका हुन् ।

उपभोक्ताले ठूलो संख्यामा ग्यास ‘स्टक’ राखेको र पछिल्लोपटक सरकारको निर्देशनानुसार आधा सिलिन्डर ग्यास बजारमा पठाउँदा सिलिन्डरको स्टक पनि सकिएको ग्यास कम्पनीहरुले बताएका छन् ।

नेपाल आयल निगमले भने कोटाअनुसारको ग्यास बजारमा पठाउन निरन्तर दबाब दिइरहेकाले आफूहरु दोहोरो मारमा परेको ग्यास कम्पनीहरुले गुनासो गरेका छन् ।

धादिङमा १३ ओटा ग्यास रिफिल उद्योग रहेका छन् ।