
डडेल्धुरा । ३२ वर्ष अघि निर्माण गरिएको डडेल्धुराको अमरगढीस्थित बाल मन्दिर जीर्ण हुँदा विद्याथीहरु जोखिममा बस्न बाध्य भएका छन् ।
२०४३ सालमा तत्कालिन राजा वीरेन्द्रको सवारीका बेला नेपाल वाल संगठनअन्र्तगत वाल मन्दिरका नाममा चार कोठा र एक खुला हल भएको भवन निर्माण गरिएको थियो ।
तर सो वालमन्दिर भवनको भित्रि भाग चर्किएको र छाना भत्किएपछि अपांगता भएका सुस्त मनस्थितिका विद्यार्थीलाई पठनपाठन गराउन समस्या भएको छ ।
तत्कालीन महारानी ऐश्वर्यले उद्घाटन गरेको वाल मन्दिरमा कक्षा ५ सम्मको पढाई हुने गरेको थियो ।
पछिल्लो समय बिद्यार्थी नहुँदा सो बाल मन्दिरमा पूर्णागिरी आधारभूत विद्यालय अमरगढी–५ मार्फत अपांगता भएका र सुस्त मनस्थितिका बालबालिकाका लागि विशेष कक्षा सञ्चालन गरिएको छ ।
गरिब बिपन्न तथा पहुँच नभएका फरक क्षमताका विद्यार्थीका लागि सञ्चालित बाल मन्दिरलाई प्रति विद्यार्थी चार हजार आवासीय तथा व्यवस्थापन खर्च जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराउँदै आएको छ ।
तर जीर्ण भवनको मर्मत तथा समयसापेक्ष महंगी व्यवस्थापन गर्न समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्