१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


रोकिएका फुटबल प्रतियोगिताहरु सुरु गर्न हतार गर्न नहुने : फिफा अध्यक्ष


0
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी ईन्फान्टिनोले कोरोना महामारीका कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएका छन् ।

उनले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने समेत बताए ।

अध्यक्ष ईन्फान्टिनोले खतरा मोल्नु भन्दा केही समय पर्खनुनै राम्रो हुनेमा जोड दिए । सुरक्षानै पहिलो प्राथमिकतामा पर्ने उनको भनाई छ ।

कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित छ । यूरो कप र कोपा अमेरिका एक बर्ष पछि धलेकिएको छ ।

केही देशमा भने फुटबल संचालन भइरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ ।

विश्वभर फुटबललाई कसरी सुरुवात गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ । विश्वभरको अधिकांश क्लबले खेलाडीको तलब कटौती गरेका छन्  ।