२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला ३ हजार ३६९ मतले अगाडि


247
Shares

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राख्नु भएको छ । एमालेका सागर थापालाई ३ हजार ३६९ मतले पछि पार्दै कांग्रेसका कोइरालाले अग्रता कायमै राख्नु भएको हो ।

जारी मतगणना अन्तर्गत ४४ हजार ५ सय ६८ गणना हुँदा कांग्रेसका कोइरालाले १४ हजार ६१ मत पाउनु भएको छ । एमालेका थापाले १० हजार ६९२ मत ल्याउनु भएको छ ।

उपमेयरमा एमालेकी शिल्ला कार्कीको निरन्तर अग्रता कायम छ । उपमेयरतर्फ एमालेकी कार्कीले १२ हजार २३२ मत प्राप्त गर्नु भएको छ । गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ७ हजार ४४० मत प्राप्त गर्नु भएको छ ।

पछिल्लो परिणाममा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार उमेश यादवले ४ हजार ५१ मत ल्याउनु भएको छ । उप–मेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार ५४९ मत ल्याउनु भएको छ ।