
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउनु भएको छ ।
२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाउनु भएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहनु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाउनु भएको छ ।
यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्