
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–१ ले पराजित छ ।
मंगलबार राति साउथ ह्याम्पटनलाई उसैको मैदानमा हराउन लिभरपुलका मिनामिनो र जोएल माटिपले १-१ गोल गरेका छन्। पराजित टोली साउथ ह्याम्पटनका नाथन रेडमन्डले एक गोल फर्काएका थिए । जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना जिवित राखेको छ ।
लिगको अन्तिम खेलपूर्व शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग लिभरपुलको मात्र एक अंकको दूरी छ । ३७ खेलबाट म्यान्चेस्टर सिटीको ९० अंक छ भने लिभरपुलको ८९ अंक भएको छ ।
अन्तिम खेलमा सिटीले एस्टन भिल्लाको सामना गर्दा लिभरपुलको भिडन्त बुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्