
काठमाडौं । देशका ११ वटै उपमहानगरपालिकामा अहिले मतगणना जारी रहेकाे छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । एमालेले ३ वटा उपमहानगरमा अग्रता बनाउदा दुई ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । उपमहानगरपालिकाहरू मध्ये हेटौंडामा एकीकृत समाजवादीकी मीना लामाले ९ हजार ३७५ मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका दिपक सिंह ९ हजार ११३ मतसहित दोस्रो स्थानमा रहदा एमालेका अनन्त पौडेलले ७ हजार ९५५ मत पाउनुभएको छ। सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार ३०० मत ल्याउँदा एमालेका यामकुमार सुब्बाले ९ हजार १४४ मत पाउनुभएको छ । सुनसरीकै धरानमा कांग्रेसका किशोर राई ६ हजार २७१ मतका साथ अग्र स्थानमा रहदा स्वतनत्र उम्मेदवार हर्कराज राई ५ हजार ६३१ मतसहित दोस्रो नम्बरमा हुनुहुन्छ ।
कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९ हजार ३० मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृप वड ४ हजार ३८६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले १३ हजार ५४७ मतका साथ अग्रता लिंदा एमालेका पशुपती दयाल मिश्र ६ हजार ३९७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
बाराको कलैयामा एमालेका विनोदप्रसाद साह ९ हजार ८०३ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव ६ हजार ४४५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । बाराकै जितपुर सिमरामा माओवादीका राजन पौडेल १४ हजार ३२९ मतका साथ अग्र स्थानमा रहँदा एमालेकी सरस्वतीदेवी चौधरी १३ हजार ५६० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले १३ हजार ६३० मत ल्याउँदा एमालेका बाबुराम भट्टराई ९ हजार ८० मतसहित दोस्रोमा हुनुहुन्छ । दाङको घोराहीमा एमालेका नरुलाल चौधरीले २३ हजार ९९८ मत ल्याउँदा माओवादीका हेमराज शर्मा १९ हजार ५६० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि हिजोबाट मतगणना सुरु भएको छ । त्यहाँ एमालेका टिकाराम खड्काले २ सय २ मतसहित अग्रता लिंदा कांग्रेसका गेहेन्द्र गिरीले १८७ मत ल्याउनुभएको छ ।
यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ३ हजार ५१० मतसहित पहिलो स्थानमा रहदा एमालेका शिवशंकर साह १ हजार ५११ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्