८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


अहिलेसम्मकाे महानगरपालिकाे मत परिणाम यस्ताे छ


1.248k
Shares

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेकाे छ ।

काठमाडौं नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता झन् फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार शाहले निकटतम प्रतिस्पर्धी केशव स्थापितलाई झण्डै ७ हजार ३ सय मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले १५ हजार ४०३ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ८ हजार ८० मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९१२ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं नगरपालिकामा उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याउँदा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाउनुभएको छ । उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले अग्रता फराकिलो पार्नुभएको छ । पछिल्लो परिणाम अनुसार गठबनधनकी उम्मेदवार दाहालले ९ हजार २४६ मत पाउनुभएको छ भने एमालेका विजय सुवेदीले ७ हजार ९९४ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ मत पाउनुभएको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले ११ हजार ७७७ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार २१८ मत प्राप्त गर्नुभएको छ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ ।

अहिलेसम्म उहाँले ११ हजार ६९९ मत प्राप्त गर्दा एमालेका सागर थापाले ८ हजार ६५० मत पाउनुभएको छ । यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले ११ हजार १५० मत पाउनुभएको छ ।

वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ९ हजार ७६८ मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले ४ हजार २८६ मत ल्याउनुभएको छ ।