Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


मध्यपुर थिमीमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी


455
Shares

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएकाे छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरेर पराजित हुनुभएको हो।

मध्यपुरमा मेयर कांग्रेसले जित्दा सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले उपमेयर हात पारेको छ। साथै उपमेयरमा नेकपा माओवादी केन्द्रका विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरेर विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपालले ८ हजार ९ सय ६३ मत प्राप्त गरेर पराजित हुनुभएको छ।