३० असार २०८२, सोमबार | Tue Jul 15 2025


‘लकडाउन’का कारण राजस्व संकलन ह्वात्तै घट्यो


0
Shares

काठमाडौं, चैत २८ । भन्सार विभागले ‘लकडाउन’का कारण ८५ देखि ९० प्रतिशतसम्म भन्सार राजस्व संकलनमा कमी आएको जनाएको छ ।

भन्सार विभागले अन्य समयमा दैनिक एक अर्बदेखि सवा अर्बसम्म राजस्व संकलन हुने गरेकोमा लकडाउनपश्चात् दैनिक १५ देखि २० करोडमात्रै संकलन भएको जनाएको छ ।

विभागले यस समयमा खाद्य तथा इन्धनलगायतका सामाग्री दैनिक आयात भइरहेको जनाएको छ ।

लकडाउनका कारण गाडी तथा निर्माणजन्य सामग्रीको आयातमा भने रोक लगाइएको छ ।

लकडाउन भएपनि सबै भन्सार नाकाहरु सुरक्षाका साथ नियमित सुचारु भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

भन्सारबाट कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै आयातित वस्तुलाई १० देखि १२ घन्टासम्म भन्सारमै राखेर सामान आयात गर्ने गरेको विभागले जनाएको छ ।

हाल लकडाउनका कारण खाद्यान्न, इन्धनलगायतका अन्य सामग्री आयात भइरहेपनि गाडी तथा निर्माणजन्य सामग्री आयात नहुँदा राजश्व संकलनमा कमी आएको भन्सार विभागका महानिर्देशक दाहालले जानकारी दिए ।

विभागले मासिकरुपमा अन्य महिनाभन्दा यस महिनामा राजस्व संकलनमा कमी आएको जनाएको छ । यस महिनामा हालसम्म १० अर्बमात्रै राजस्व संकलन भएको जनाइएको छ ।