Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कोरोना रोकथाम कोषमा एक अर्ब ९३ करोड जम्मा


0
Shares

काठमाडौं, चैत २८ । सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबारसम्म एक अर्ब ९३ करोड रुपैयाँ रकम जम्मा भएको छ ।

कोषमा बिहीबारसम्ममा एक अर्ब ९१ करोड संकलन भएकोमा शुक्रबार दुई करोड ३९ लाख थपिएपछि एक अर्ब ९३ करोड जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

शुक्रबार कोषमा यती एअरलाइन्सले एक करोड, ग्रामिण लघुवित्त संस्थाले ११ लाख, उद्योग मन्त्रालयले आठ लाख १७ हजार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चार लाख ७६ हजार, शिवालय गाउँपालिकाले दुई लाख ११ हजार, नेपाल वनपैदावार उद्योग व्यवसायी संघले दुई लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् ।

यस्तै, अन्य संघ–संस्था तथा नाम नखुलेका संस्थाले पनि सहयोग गरेका छन् ।