३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोपावरको काम आंशिकरुपमा सुचारु


0
Shares

सोलुखुम्बु, चैत २८ । सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोपावरहरुको काम आंशिकरुपमा सुचारु भएको छ ।

‘लकडाउन’का कारण लामो समयदेखि काम बन्द भएको थियो ।

सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन भनेपछि तत्कालका लागि स्थगित गरिएको काम शुक्रबारबाट सुचारु भएको हो ।

सरकारले बाहिरबाट श्रमिक ल्याएर काम लगाउन नपाउने तर त्यहीँ कार्यरत् कामदार प्रयोग गरेर काम गर्न पाउने निर्णय गरेपछि सोलुखुम्बुमा निर्माणाधीन आधा दर्जन हाइड्रोपावर आयोजनाहरुले काम सुरु गरेका छन् ।

लकडाउनको अवधिभन्दा पहिलादेखि नै हाइड्रोपावरमा काम गर्ने कामदारलाई सुरक्षित तरिकाले काम लगाइएको लिखु हाइड्रोपावरले जनाएको छ ।

अधिकांश हाइड्रोपावरले सिमेन्टलगायतका सामान आपूर्ति नहुँदा समस्या भएको बताएका छन् ।