Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


कुहिएको खाद्यान्न दिएको भन्दै विपन्न परिवारले फाले राहत सामग्री


0
Shares

नवलपरासी, चैत २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका विपन्न समुदायले राहतको नाममा आफूहरुलाई कुहिएको खाद्यान्न दिएको भन्दै नगरपालिकाअगाडि फ्याँकी दिएका छन् ।

नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत् खाद्यन्न वितरण सुरु गरेको थियो ।

उपलब्ध गराइएको खाद्यन्न कमसल र तौलसमेत कम रहेको उनीहरुले बताएका छन् ।

नगरपालिकाले दुई हजार ३०० विपन्न परिवारलाई राहत वितरण गर्न खाद्यन्न सामग्री खरिद गरेको थियो ।

शुक्रबार ६ र ११ नम्बर वडामा वितरण गरिएको खाद्यन्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्नसमेत रोक लगाएको छ ।

पाँचजनासम्मको परिवारलाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाविन र दुईओटा साबुन वितरण गर्ने गरी नगरपालिकाले राहत सामाग्री प्याकिङ गरेको थियो ।