७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


नौकुण्ड गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी


208
Shares

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले विजयी हुनुभएको छ।

उहाँले ३ हजार ४७४ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत प्राप्त गरेर पराजित हुनुभएको हो । माओवादी केन्द्रका सिंगी घिसिङले ३ सय ४६ मत प्राप्त गर्नुभएको हो ।

नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लान विजयी हुनुभएको छ । उहाँले २ हजार ९०४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनकी प्रविना तामाङले २ सय ७ मत प्राप्त गर्नुभएको छ ।