
काठमाडौं । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा विजयी भएका छन् ।
माओवादीका देवीराम अर्यालले ६ हजार १७६ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्यालले ६ हजार ३३४ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।गाउँपालिकामा अध्यक्षमा विजयी माओवादीका अर्यालका निकटतम प्रतिस्पर्धी एमालेका रितबहादुर थापाले ४ हजार ६१७ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
साथै उपाध्यक्षमा विजयी नेपाली कांग्रेसका उपेन्द्र अर्यालयको निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६९२ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्