Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


निर्वाचनमा धाँधली भयो भन्नु निराधार : थपलिया


481
Shares

सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा एमालेले धाँधली भयो भन्नु निराधार भएको बताउनुभएको छ ।

धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान पुग्नुभएका थपलियाले एमालेले चुनाव धाँधलीपूर्ण भएको आक्षेप लगाएको सन्दर्भमा संचारकर्मीहरुले राखेको जिज्ञासामा कसले के आरोप लगाउँछ त्यो निर्वाचन आयोगको सरोकार हैन भन्दै सबैको सहयोगले चुनाव शान्तिपूर्वक सम्पन्न भएको दावी गर्नुभयो ।

उहाँले निर्वाचनमा धाँधली भएको आरोप लगाउनेहरुलाई नै यसको जवाफ खोज्न आग्रह गर्दै निर्वाचन के कसरी सम्पन्न हुँदैछ भन्ने सबैलाई थाहा भएकाले हल्लाका पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै स्थानीय तहको निर्वाचनको नजिता निकाल्न धेरै समय लाग्ने भएकाले आयोगले विकल्प खोजेर जेठ ५ सम्म सबै तहको मतगणना सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले मतदानमा सहयोग गर्ने सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, राजनैतिक दलहरुप्रति आभार प्रकट गर्नुभयो ।