Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


संयुक्त राष्ट्र संघले मनायो बुद्ध जयन्ती


390
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको सबै राष्ट्रमा सोमबार ‘अन्तर्राष्ट्रिय बैशाख दिवस’ बुद्ध जयन्ती मनाईएको छ ।

बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्रसंघले विगत २० वर्ष देखि बुद्ध जयन्ती मनाउन्दै आएको हो । यसैबीच नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालय, ललितपुरमा पनि अन्तर्राष्ट्रिय बैशाख पूर्णिमा बुद्ध जयन्ती मनाएको छ । नेपाल बौद्ध परिषद् र बुद्ध जयन्ती समारोह समिति सहित राष्ट्रसंघले बुद्ध बन्दना गरेर बुद्ध जयन्ती मनाएको हो।

समितिका अध्यक्ष भिक्षु पण्या मूर्ति महास्थविरले राष्ट्रसंघले बुद्ध जयन्ती हरेक वर्ष मनाइरहेको जानकारी दिदै राष्ट्रसंघ मार्फत बुद्ध शिक्षा विश्वमा फैलिरहेकोमा खुशी व्यक्त गर्नु भयो। नेपाल स्थित राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले बुद्धबाट इमान्दारीता, करुणा र सबै प्राणीहरुलाई समानताको शिक्षा पाउन प्रेरणा मिलेको बताउनु भयो। शान्तिदेखि मानवअधिकार र बातावरण संरक्षणसम्म संयुक्त राष्ट्रसंघले गरिरहेको काममा बुद्ध शिक्षाको ठूलो सान्दर्भिकता रहेको उहाँको भनाई थियो।

त्यसैगरी कार्यक्रममा श्रीलंकाका राजदुत हिमाली अरुणा तिलकाले संयुक्त राष्ट्रसंघले बुद्ध जयन्ती विश्वव्यापी रुपमा मनाउँदा शान्ति र सद्भाव फैलाउन विशेष महत्व रहेको बताउनु भयो । भिक्षु कोण्डय महास्थविर, भिक्षु सिल रत्न स्थविर, परिषदका उपाध्यक्ष पूर्णमान चित्रकार लगायतले बुद्ध शिक्षा मार्फत विश्व शान्ति प्रवद्र्धनका लागि राष्ट्रसंघले खेलेको भूमिका उल्लेखनीय भएको धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय बैशाख दिवसको मान्यता दिएको थियो । राष्ट्रसंघले सो दिन आफ्ना सबै देशमा रहेका कार्यालयहरुमा बिदा दिने गरेको छ ।