१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा जसपाको अग्रता


286
Shares

कपिलबस्तु । स्थानीय तह निर्वाचन अन्तर्गगत कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको मतगणना जारी छ ।

जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उम्मेदवार निसार अहमद खाँले ५२१ मतका साथ अग्रता लिएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कमलेश शरण चौधरीलाई ३७० मत प्राप्त भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार रामनारायण यादवको ३३१ मत आएको छ ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका होमप्रकाश चौधरीले ५३० मत ल्याउँदा जनमत पार्टीकी चाँदनी चौधरीको ४७६ मत आएको छ । यस्तै नेपाली कांग्रेसकी सुधादेवी पाण्डेयको ३६१ मत आएको छ । हालसम्म सो गाउँपालिकामा २ हजार ६ सय २६ मत गणना भएको छ ।