Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सुदूरपश्चिममा एक हजार २ सय ५५ जनाको नमूना संकलन: दुई सय जनाको मात्रै परीक्षण


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि नमूना संकलन थालिएको दुई महिना पुग्न लाग्दा एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको हो ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा आजसम्म एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ ।

प्रदेशका विभिन्न अस्पताल, ¥यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले नमूना संकलन गरेका हुन् । नमूना संकलनको कार्यलाई तिव्रता दिएपनि परीक्षण भने निकै सुस्त भइरहेको छ ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म एक सय ९१ जनाको मात्रै थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोेमा अहिलेसम्म चार जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ ।