२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


धनकुटाका तीन वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक


1.001k
Shares

धनकुटा । स्थानीय तह अन्तर्गत धनकुटाका तीन वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जस अन्तर्गत धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्ग विजयी हुनु भएको छ । उहाँले ५ हजार ३८ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका दल बहादुर मगरले ३ हजार ९९१ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी टंकमाया पाङ्गी मगरले ४ हजार ९८३ मत प्राप्त गरेर विजयी हुनुभयो । गठबन्धनबाट नेकपा जनता समाजवादीका उपाध्यक्षमा दिवा चेम्जोङ्गले ३ हजार ९८८ मत प्राप्त गर्नुभयो ।

साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राईले ५ हजार ३९९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार जंग याख्खाले ४ हजार ८२८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी मुना राईले ३ हजार ६९२ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका जनता समाजवादी पार्टीका लिलाराज लावतीले ३ हजार २१७ मत प्राप्त गर्नुभयो ।

उता, धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुुब्बाले ४ हजार ३५९ मत प्राप्त गदैै विजयी हुनु भएको छ भने उहाँको निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरबहादुर लिम्बुुले ४ हजार १६४ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी गिता खेवाले ४ हजार ३८७ मत प्राप्त गर्दै विजयी हुने भएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गोमा कार्कीले ३ हजार ६१९ मत प्राप्त गर्नु भयो ।