१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


दर्शकले असुरक्षा महसुस गरे बन्द रंगशालामा आईपीएल खेलाउनेबारे छलफल


0
Shares

एजेन्सी । अष्ट्रेलियाका बलर प्याट कमिन्स बन्द रंशगालामा इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न तयार भएका छन् ।

उनले दर्शकलाई असुरक्षा महसुस हुने भए ढोका बन्द गरेर आईपीएल सञ्चालन गर्न सकिने विकल्प प्रस्तुत गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि आईपीएलको यो सिजनको निर्धारित मिति मार्च २९ देखि अप्रिल १५ सम्म स्थगित छ ।

भारतमा बढ्दै गएको संक्रमणका कारण लकडाउनको समय अझै बढ्न सक्ने बताइएको छ ।

लकडाउनको समय बढेको अवस्थामा यो सिजनको आईपीएल रद्ध हुने सक्ने बताइएको छ ।

इङ्ल्याण्डको क्रिकेट समेत मे २८ सम्मका लागि स्थगित गरिएको छ ।

इङ्ल्याण्डको पहिलो खेलको तालिका जुन ४ देखि सुरु हुनेछ ।