३० असार २०८२, सोमबार | Tue Jul 15 2025


दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त : खाद्य किराना व्यापार संघ


0
Shares

काठमाडौं, चैत २७ । खाद्य किराना व्यापार संघले अत्यावश्यक खाद्य वस्तुहरुको यथेष्ट मौज्दात रहेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य किराना व्यापार संघका पदाधिकारीहरुसँग अतिआवश्यक खाद्यवस्तुहरुको मौज्दात, माग एवं वितरण प्रणालीबारे गरेको छलफलमा संघले उक्त जानकारी गराएको हो ।

छलफलमा नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवं संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामग्री मौज्दात रहेको बताएका हुन् ।

श्रेष्ठले सरल तथा सुपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको पनि दाबी गरेका थिए ।