बर्दियाको गुलरिया–३ मा एमालेको प्यानलै विजयी « Imagekhabar – Online News Portal of Nepal


बर्दियाको गुलरिया–३ मा एमालेको प्यानलै विजयी


325
Shares

बर्दिया । जिल्लाको गुलरिया नगरपालिकाको वडा नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ ।

एमालेका सर्बजित यादव ७ सय ९७ मतप्राप्त गर्दै प्यानल सहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार यादवले ४ सय ३६ मतप्राप्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का काशिराम गोडियाले १ सय ४७मत प्राप्त गर्नुभयो ।

जनमत पार्टीका उम्मेदवार रमेश गोडियाले २ सय ६१ मत प्राप्त गर्नुभयो ।

कुल २ हजार ९ सय ५६ मतदाता रहेको वडा नम्बर ३ मा २ हजार ३ सय ९४ मत खसेको थियो ।