Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


धनगढी उपमहानगरपालिकाबाटै ‘लकडाउन’को उल्लंघन


0
Shares

कैलाली, चैत २७ । राहत वितरणको नाममा धनगढी उपमहानगरपालिकाले नै ‘लकडाउन’को उल्लंघन गरेको छ ।

उपमहानगरपालिकाले लकडाउन उल्लंघन गर्दै कार्यालयबाटै राहत बाँड्ने भनेपछि कार्यालय परिसरमा नै भीड जम्मा भएको हो ।

केही जनप्रतिनिधिनिकटका व्यक्तिले कार्यालयबाट राहत लिएर फर्केको थाहा पाएपछि स्थानीयहरु उपमहानगरपालिका परिसरमा पुगेका थिए ।

अनावश्यक भीडभाड भएको भन्दै आलोचना भएपछि उपमहानगरपालिकाले राहत वितरण नै रोकेको छ भने स्थानीय आक्रोशित बनेका छन् ।