
झापा, चैत २७ । नेपाल चिया श्रमिक संघले चिया बगानमा कार्यरत श्रमिकलाई तत्काल राहत दिन सरकारसंग माग गरेका छन् ।
बुधबार संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले विज्ञप्ति जारी गर्दै माग गरेका हुन् । उनले भने, ‘लकडाउनका कारण अनौपचारिक क्षेत्र चियामा काम गर्ने दैनिक ज्यालादारीका साथै अन्य श्रमिकहरु अत्यन्तै कठिक अवस्थामा पुगिसकेकोले तत्काल प्रभावकारी राहत उपलब्ध गराउनु पर्छ।’
तामाङका अनुसार निम्न आयका नागरिक र मजदुरलाई सरकारले दिईरहेको राहतबाट समेत चिया श्रमिकहरु अमानवीय ढंगले बन्चित रहेकोले समस्यामा रहेका श्रमिककालागी तत्काल प्रभावकारीरुपमा राहत उपलब्ध गराउन सबै तहका सरकारलाई अनुरोध गरे ।
यसैगरी लकडाउन भएकै अवस्थामा केहि चिया बगान सामाजिक दुरि लगायत पिपिई प्रयोग गरि संचालन रहेको भने पनि देश र श्रमिकलाई कोरोना भाईरसबाट बचाउन महामारीको अवस्थामा केहि समय लकडाउनलाई मान्नु पर्ने सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्