३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


गठबन्धन सेनाद्धारा हुथी विद्रोहीसँग युद्धविरामको घोषणा


0
Shares

एजेन्सी । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा संघर्षरत हुथी विद्रोहीसँग युद्धविरामको घोषणा गरेको छ ।

पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा आजबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको हो ।

विज्ञप्तिमार्फत साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति मार्फत कोरोनाभाइरसको महामारीसँग जुध्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको उल्लेख गरेको छ ।

तर हुथी विद्रोहीका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । पश्चिमा सैन्य शक्तिले समर्थन प्राप्त साउदी गठबन्धनले सन् २०१५ को मार्च महिनादेखि हुथीविद्रोही कारवाही चलाएको थियो ।

गत महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोनाभाइरसको सम्भावित प्रकोपसँग जुध्न आह्वान गरेका थिए ।

यमनमा जारी संघर्षका कारण धेरैको मृत्यु भएको छ ।