३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कोरोना विरुद्धको राजनीतिकरण अन्त्य गर : डब्ल्युएचओ


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको राजनीतिकरण अन्त्य गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको पक्षमा काम गरेको आरोप लगाएपछि डब्ल्युएचओ प्रमुखले यस्तो आग्रह गरेका हुन् ।

टेड्रोसले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राखेर महामारीविरुद्ध एक हुन अपिल समेत गरे ।

राष्ट्रपति ट्रम्पले डब्ल्युएचओ सबै मुलुकसंग नजिक रहेको भन्दै अमेरिका र चीनबाट इमान्दार नेतृत्व गर्न जोड दिए ।

डब्ल्युएचओले संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै ट्रम्पले अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका थिए ।

ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी फैलनुमा डब्लुएचओले आफूलाई दिएको गलत सूचना कारक रहेको आरोप समेत लगाएका थिए ।

अमेरिकामा अहिले विश्वमै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् भने १४ हजार बढीको मृत्यु भैसकेको छ ।