
इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ ।
मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो ।
बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । थप बिवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्