
विराटनगर, चैत २६ । प्रदेश १ मा बुधबार साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ ।
परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मङ्गलबारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार १४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४३२ छ ।
यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ ।
आइसोलेसनबाट आजसम्म आठ महिलासहित २२ तथा क्वारेन्टाइनबाट ३२ जनालाई घर फिर्ता पठाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्