५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


सोलुखुम्बुमा दोहोरो झडप हुँदा एक जनाकाे मृत्यु


689
Shares

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो । शुक्रबार साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो ।

झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो। तर मतदान गरिसकेपछि भने घर पुर्याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूहबीच विवाद बढेको थियो ।

दमको बिरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो ।