१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


काठमाडौंमा अलपत्र परेका विद्यार्थीलाई राहत वितरण गर्न नेविसंघको माग


0
Shares

काठमाडौं, चैत २६ । लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेका विद्यार्थीलाई राहत वितरण गर्न नेपाल विद्यार्थी संघले सरकारलाई आग्रह गरेको छ ।

नेविसंघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै विदेशमा रहेका विद्यार्थीहरुलाई समेत त्यहाँको  दुतावासमार्फत आवश्यक सहयोग उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

मेरो देशको सरकारले मलाई सहयोग गर्छ भन्ने अनुभुति विदेशमा पढ्न गएका विद्यार्थीलाई देखाओस विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले यस विपतको समयमा नेविसंघमा आवद्ध तमाम साथीहरूलाई अलपत्र परेका सबैलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

साथै राहत वितरणको अनुगमन गरी अनियमितता भए खबरदारी गर्न पनि नेविसंघले सबैलाई अपिल गरेको छ ।

यसैबीच लकडाउनका कारण डेरा गरेर अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको समस्या र ज्याला मजदुरी गर्नेहरूलाई तत्काल यथोचित राहतको ब्यवस्था गर्ने दायित्व  सरकारले निर्वाह गर्न नसकेको नेबिसंघ का महामन्त्री बलदेव तिमल्सिनाले आरोप लगाएका छन् ।

तिमल्सिनाले अध्ययनका लागि बिदेशमा रहेका विद्यार्थीहरूलाई नेपाली दुताबास र सम्बन्धीत निकाय मार्फत आवश्यक सहयोग गर्न समेत सरकारसंग जोडदार माग गरेका छन् ।